काठमाडौँ कार्तिक १५ । शुक्रबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले इन्धन मूल्य समायोजन गर्ने निर्णय गरेको छ। निर्णय अनुसार शनिबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर १ रुपैयाँले कमी गरिएको छ।
पेट्रोलमा इण्डियन आयल कर्पोरेशनबाट खरिद मूल्य प्रतिलिटर ०.०३ रुपैयाँले बढे पनि निगमले उपभोक्तामाथि असर नपर्ने गरी मूल्य स्थिर राख्ने निर्णय गरेको हो। यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरिएको छ।





