रेशम चौधरीको चेतावनी: ‘म चुनावमा नखेले देशमा फेरि चुनाव हुँदैन’

काठमाडौँ कार्तिक १४ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू र आफ्नो समुदायका नेताहरूलाई चुनावमा भाग लिन नदिए देशमै फेरि चुनाव नहुने चेतावनी दिएका छन्।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आयोजना गरेको वृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले भने, “यदि रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु— यो देशमा फेरि चुनाव हुँदैन।”

उनले मुलधारका दलहरूलाई उद्दृत गर्दै थपे, “सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन सक्दैन। नेपाली कांग्रेस, एमाले र माओवादीको इतिहास के थियोरु शेरबहादुर, ओली र प्रचण्डको इतिहास कस्तो थियोरु ती सबै आन्दोलनकै उपज हुन्।”

चौधरीले अहिले आफूलाई चुनाव लड्न नदिने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गरे। उनका अनुसार, जेनजीका अगुवा पुरुषोत्तम यादवले आफूलाई चुनावमा उम्मेदवार हुन नदिने कुरा गर्दै हिँडेका छन्। उनले यसबारे असन्तोष व्यक्त गर्दै भने, “अहिले भनिन्छ— चुनाव लड्न दिन्नँ, नेता हुन दिन्नँ। देश परिवर्तन गर्न हामी लड्यौं, संविधानमा अधिकार ल्यायौं। तर अहिले कलम चलाउनेहरूले फैसला गर्छन्, अनि हामीले त्यसैलाई स्वीकार गर्नुपर्छरु” चौधरीको वक्तव्यले आगामी निर्वाचनमा थारू समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वबारे नयाँ बहस सुरु हुने संकेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर