मधेस प्रदेश विपद् व्यवस्थापन बैठक, जनशक्ति परिचालन तयारीमा

जनकपुरधाम कार्तिक १३ । केही दिनयता आएको मौसम परिवर्तनका कारण मधेस प्रदेशमा भारी वर्षाको चेतावनी जारी भएको छ। यसलाई ध्यानमा राख्दै प्रदेश सरकारले आपतकालीन तयारी सुरु गरेको छ।

प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा सम्पन्न प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनल र सुरक्षा निकायका प्रमुखहरूले भाग लिए। बैठकमा भारतको उडिसाबाट सुरु भएको मोन्था चक्रवातको प्रभाव बिहीबारदेखि प्रदेशमा पर्ने सम्भावना र पूर्वतयारीका उपायमा छलफल भएको हो।

जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि भारी वर्षा हुने अनुमान गरेको छ। मुख्यमन्त्री सोनलले सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गर्दै, प्रदेशका मुख्य नदीहरू—सप्तकोशी, बागमती, कमला, रातु, लखनदेही—को जलस्तर खतरा निशानभन्दा माथि पुग्ने सम्भावना भएकाले तटीय क्षेत्रका बस्तीहरूको सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार तत्पर रहेको बताए। उहाँले थपे, “विपद् जोखिम न्यूनीकरणका लागि हामी अधिकतम प्रयास गर्नेछौं र उपलब्ध सम्पूर्ण जनशक्ति परिचालन गरी सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता छ।”

प्रतिक्रिया
सम्बन्धित खवर