भारतबाट नेपाली स्कुलहरूलाई फेरि सहयोग, ८१ नयाँ बस हस्तान्तरण

काठमाडौँ कार्तिक ५ । नेपाल–भारत विकास साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यले भारत सरकारले नेपालका विभिन्न जिल्लाका विद्यालयहरूलाई ८१ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ।

भारतीय राजदूतावासका अनुसार यो सहयोग कोशी प्रदेशका बाढी प्रभावित क्षेत्रहरू तथा सातै प्रदेशका दुर्गम जिल्लाहरूलाई लक्षित गरेर गरिएको हो। स्कुल बसहरू खासगरी शैक्षिक पहुँच अभाव रहेका इलाम, झापा, उदयपुर, हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी, अछाम लगायतका जिल्लामा उपलब्ध गराइएका छन्। नेपाल र भारतबीचको मित्रता र विकास साझेदारीको निरन्तरताू भन्दै राजदूतावासले शैक्षिक क्षेत्रमा सहयोगलाई प्राथमिकता दिइएको जनाएको छ। यो सहयोगले ग्रामीण भेगका बालबालिकालाई विद्यालयसम्मको यात्रा सुरक्षित र सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भारतले विगत तीन दशकयता नेपालभरिका विभिन्न संस्थाहरूलाई जम्मा ३८१ वटा स्कुल बस प्रदान गरिसकेको छ, जसले नेपालका हजारौँ विद्यार्थीको शैक्षिक पहुँचमा प्रत्यक्ष प्रभाव पारेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर