राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालको जानकारी

काठमाडौँ असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जले जनाएको छ।

शनिबार बिहान सामान्य बान्ता भएपछि उनलाई बिहान साढे ११ बजे अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना गरिएपछि राष्ट्रपति पौडेलको आवश्यक परीक्षणहरू भइरहेका छन्। सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, “राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ र उहाँको अवस्था हाल सामान्य रहेको छ।” अस्पतालका अनुसार राष्ट्रपति निरन्तर चिकित्सकहरूको निगरानीमा छन् र स्वास्थ्यमा तत्काल कुनै गम्भीर समस्या देखिएको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर