“प्रचण्डको खुलासा: जेनजी आन्दोलनपछि सेना हेडक्वार्टरमै बसेर जोगिएँ”

काठमाडौँ असोज २४ । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको चरम अवस्थामा आफू नेपाली सेनाको हेडक्वार्टरमा बसेर सुरक्षित भएको खुलासा गरेका छन्।

शुक्रबार प्रेस सेन्टरले आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा प्रचण्डले ती घटनाक्रमबारे स्मरण गर्दै भने, म सिंहदरबारमै थिएँ। विपक्षी दलहरूको बैठक चलिरहेको थियो। त्यसैबीच सुरक्षा निकायले बाहिरको अवस्था गम्भीर छ भन्दै मलाई भित्रै रोक्यो। उनले भदौ २४ गतेको दिनको प्रसंग उल्लेख गर्दै थपे, त्यो दिनको प्रदर्शन चर्किएको थियो। नेताहरूलाई सेनाले हेलिकप्टरमार्फत उद्धार गरिरहेको बेला म सिंहदरबारमै थिएँ। त्यसपछि मैले आफैं प्रधानसेनापतिसँग समन्वय गरेँ र सेनाको सुरक्षामा हेडक्वार्टरतिर लागेँ।

प्रचण्डका अनुसार, आन्दोलनको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै उनले सैनिक नेतृत्वसँग प्रत्यक्ष संवाद गरेर आफू सुरक्षित स्थानमा सरेका थिए। सेनाको हेडक्वार्टरमा बसेर सुरक्षित आइयो, उनले संक्षेपमा भने। जेनजी आन्दोलनका घटनाहरूमा सुरक्षा संयन्त्रको भूमिकाबारे चर्चा भइरहेका बेला प्रचण्डको यो भनाइले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर