काठमाडौँ असोज २४ । नेकपा माओवादी केन्द्र का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ववर्ती सरकारको नेतृत्वमा रहेको अहङ्कारका कारण देशले ठूलो राजनीतिक संकट व्यहोर्नुपरेको बताएका छन्। उनले सरकारको नेतृत्व गर्ने पार्टीमा अहिलेसम्म पनि त्यो अहङ्कार हटेको नभएको भन्दै तीव्र कटाक्ष गरे।
शुक्रबार सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा प्रचण्डले भने, “हिजो सरकारको नेतृत्व गर्ने पार्टीका साथीहरूमा रहेको अहङ्कार अझै हटेको छैन। यो देख्दा मलाई दुःख लागेको छ।” उनले थपे कि जनताको भावना र देशको आवश्यकता भन्दा आफ्नो अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिले नै देशलाई संकटमा पुऱ्याएको हो। यो टिप्पणी एमाले अध्यक्ष केपी ओलीको भर्खरै भक्तपुरबाट सार्वजनिक गरिएको धारणा प्रतिकृया स्वरूप आएको हो, जहाँ ओलीले वर्तमान सरकारको विरोध गर्दै संसद पुनर्स्थापना र चुनावको माग उठाएका थिए।
प्रचण्डले जेनजी आन्दोलनअघि पूर्व सरकारको नेतृत्व गरिरहेको एमाले नेतृत्वमा अहङ्कार हट्न नसकेको र यसले राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन्। उनले थपे, “देशलाई अघि बढाउन अहङ्कारभन्दा माथि उठेर समन्वय र सहकार्य आवश्यक छ।”





