फागुनको चुनावका लागि मतदाता दर्ता प्रक्रिया सुरु, कार्यालयमा भीड थपिए

काठमाडौँ असोज २४ । फागुन २१ गते घोषणा भएको निर्वाचनको तयारी स्वरूप देशभर मतदाता नामावलीमा दर्ता हुन निर्वाचन कार्यालयहरूमा भीड लाग्न थालेको छ। निर्वाचन आयोगले मतदातालाई सुविधा पु¥याउँदै देशका जुनसुकै निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरेपछि नागरिकहरूको चासो बढेको हो।

निर्वाचन आयोगले अनलाइन फाराम भरेर फोटो खिचाउने र बायोमेट्रिक प्रक्रिया जस्तो कि अंगुली छाप दिने काम नजिकैको कार्यालयमा सहजै सम्पन्न गर्न सकिने व्यवस्था मिलाएको छ। यसले मतदाता दर्तामा सहजता ल्याएको छ र यसै कारण मतदाता संख्या बढ्ने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगका अधिकारीहरूले जानकारी दिएका छन् कि काठमाडौं उपत्यकाभित्र मिनभवन, जावलाखेल, सल्लाघारी सिर्जनानगर र भक्तपुरस्थित जिल्ला निर्वाचन कार्यालयहरूमा जान सकिन्छ। यहाँ मतदाताले फोटो खिचाउन र बायोमेट्रिक प्रदान गर्न सक्नेछन्। मतदाता नामावली संकलन कार्य कात्तिक मसान्तसम्म जारी रहनेछ। आयोगले मतदातालाई सकेसम्म छिटो र सहज रूपमा दर्ता गराउन अपील गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर