सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको ज्यान गयो

सर्लाही असोज २४ । सर्लाहीको बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको ज्यान गएको छ।
शुक्रबारबिहान नदीमा नुहाउन गएका २८ वर्षीय विवेक चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। विवेक सोही वडाका स्थायी बासिन्दा थिए। नुहाउने क्रममा उनी नदीको गहिरो भागमा पुगेपछि डुबेका थिए। उनलाई स्थानीयले उद्धार गर्न खोजे पनि सफल हुन सकेनन्।

डुबेको केही समयपछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनको शव फेला पारिएको थियो। शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर