ओलीसहितको गिरफ्तारी माग गर्दै सामाजिक सञ्जालमा अभियान तीव्र

काठमाडौँ असोज २० । जेनजी आन्दोलनको दमनको आरोपमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान तीव्र बन्दै गएको छ।

जेनजी अभियन्ताहरूको आह्वानमा विभिन्न ह्यासट्यागहरू प्रयोग गर्दै व्यापक रूपमा पोस्टर तथा सन्देशहरू फैलिएका छन्। सार्वजनिक पोस्टरहरूमा ओली र लेखकलाई ‘हत्यारा’को रूपमा चित्रित गरिएको छ भने ‘हत्या गर्नेहरूलाई पक्राउ गर, नत्र कदम चालिन्छ’ भन्ने चेतावनी समेत दिइएको छ। ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले पनि आफ्ना सामाजिक सञ्जालमार्फत सोही पोस्टर साझा गर्दै ओली र लेखकलाई गिरफ्तार गर्न माग गरेका छन्। उनले दबाब सिर्जना गर्न ट्विटर र फेसबुक मार्फत ट्रेन्ड चलाउने आह्वान समेत गरेका छन्।

यसअघि नै आन्दोलनकारीहरूलाई दमनमा संलग्न रहेको भन्दै ओलीलाई राजधानीबाहिर जान प्रतिबन्ध गरिएको थियो। अब सामाजिक सञ्जालमार्फत दवाब अभियान थप तीव्र बनाइँदै गएको देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर