प्रचण्डको घोषणा : माओवादी केन्द्र चुनावमा पूर्ण सक्रियतासाथ उत्रने

काठमाडौँ असोज २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनमा माओवादी केन्द्र सक्रिय रूपमा सहभागी हुने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टी निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।

“हामी चाहन्छौं, घोषित मितिमा निर्वाचन होस् र सबै राजनीतिक दल सहभागी होऊन्,” प्रचण्डले भने, “माओवादी केन्द्र त्यसै अनुसार तयारीमा छ।” उनका अनुसार निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक दलहरूसँग पनि संवाद भइरहेको छ र त्यसको परिणाम केही समयपछि देखिनेछ।

बैठकमा हालैको मनसुनजन्य विपद्ले देशभर पुर्‍याएको क्षति र राहत तथा पुनःस्थापनासम्बन्धी उपायबारे पनि छलफल भएको प्रचण्डले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ