नेपालबाट बाहिरिन थालेको मनसुन, सुख्खा मौसमको संकेत

काठमाडौँ असोज २० । यो वर्षको मनसुन नेपालबाट बिदा हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसोदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भागबाट मनसुन बाहिरिसकेको छ।

यद्यपि लुम्बिनीको मध्य र पूर्वी क्षेत्र, गण्डकीको पूर्वी भूभाग र अन्य प्रदेशहरूमा अझै मनसुनी वायु सक्रिय रहेकाले त्यहाँ केही समय अझै मनसुन टिक्ने अनुमान गरिएको छ। विभागका अनुसार मनसुनी प्रणाली क्रमशः कमजोर हुँदै गएकाले देशभरबाट मनसुन केही दिनमै पूर्ण रूपमा बाहिरिने सम्भावना छ।

सामान्यतया नेपालबाट असोज १६ गते अक्टोबर २ मनसुन बाहिरिने गर्छ। तर यसपालि त्यो भन्दा केही ढिलो गरी बाहिरिन थालेको हो। यो वर्ष मनसुन जेठ १५ गते जुन १० भित्रिएको थियो, जुन सरदर मिति जेठ २८ जुन १३ भन्दा झण्डै दुई साता अघिअघि हो। जलवायु विश्लेषकहरूका अनुसार समयभन्दा अघि प्रवेश र ढिलो बहिर्गमनले वर्षाको वितरणमा असमानता देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर