काठमाडौँ असोज २० । नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको छ।
नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा बढेको अनुमान छ। चाँदीको मूल्यमा समेत आज वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर २९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ र मागको कारण भएको व्यवसायीहरू बताउँछन्। लगातार मूल्यवृद्धिले उपभोक्ता र साना व्यापारीहरूमा असर पर्ने देखिएको छ।





