आज केही भू-भागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

काठमाडौँ असोज २० । हाल देशभर मनसुनी वायुको प्रभाव यथावत् रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा पनि यस्तै खालको मौसम देखिने संकेत विभागले दिएको छ। आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ। विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ