मुख्यमन्त्री सतिश सिंह भन्छन्, ‘यो कठिन घडीमा सरकार तपाईंहरूको साथमा छ’

जनकपुरधाम असोज १९ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वर्षा र बाढीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा सबै नागरिकलाई सुरक्षित रहन र सतर्क रहन विशेष आग्रह गरेका छन्। मुख्यमन्त्री सिंहले आज जारी गरेको विज्ञप्तिमा प्रदेश सरकारका सुरक्षा निकायहरू नागरिकको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा सक्रिय रहेको जानकारी दिएका छन्।

मुख्यमन्त्री सिंहले प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता र जिम्मेवारीका साथ सेवा प्रवाहमा निरन्तर सक्रिय रहन निर्देशन दिएको उल्लेख गरे। उनले भने, “नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा हाम्रो प्राथमिकता हो। राहत, उद्धार र सहयोगका कामहरू निरन्तर चलिरहेको छ र कुनै पनि मानव जीवनको क्षति नहोस् भन्ने हाम्रो कामना हो।” उनले थपे, “यो कठिन घडीमा प्रदेश सरकार तपाईंहरूको साथमा छ। हामी सबै मिलेर यस विपद् पार गर्नेछौं। एक अर्काको सहयोग र एकताको भावना हाम्रो सबैभन्दा ठूलो शक्ति हो। सबै नागरिकहरू सुरक्षित र सतर्क रहुन्। सुरक्षा, राहत र पुनःस्थापनाका प्रत्येक कदममा प्रदेश सरकार सदैव नागरिकसँगै छ।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ