बारामा टिकटक बनाउन खोलामा हाम फालेपछि युवक बेपत्ता

बारा असोज १९ । बारा, प्रसौनी गाउँपालिका (२) दुधौरा पुलपुलबाट दुधौरा खोलामा टिकटक बनाउन खोलामा हाम फालेका २१ वर्षीय बिकी गोसाई बेपत्ता भएका छन्। स्थानीय शम्भु गोसाइका छोरा बिकी गोसाई आज बिहान साढे ८ बजे खोलामा हाम फालेका थिए।

साथै उनलाई साथ दिएका स्थानीय आकर केसरवानीका २० वर्षीय छोरा अनुराग केसरवानी भने खोलाबाट आफैं पौडेर बाहिर निस्केका छन्। इलाका प्रहरी कार्यालय पर्सौनीले घटनाको पुष्टि गर्दै बिकी गोसाईको खोजी कार्य भइरहेको जनाएको छ। हालसम्म बारा प्रहरीका २८ जनाको टोलीले बिकी गोसाईको खोजी गरिरहेको छ र खोजी कार्य तीव्र बनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर