नेपाल प्रहरीद्धारा विपद् नियन्त्रणका लागि २० हजार बढी जनशक्ति परिचालन

काठमाडौँ असोज १९ । नेपाल प्रहरीले देशभर बाढीपहिरो र अन्य प्राकृतिक विपद् प्रतिकार्यका लागि २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ। विपद् व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार, विपद् व्यवस्थापन कार्यालय, मातहतका गुल्महरू र प्रहरी कार्यालयहरूबाट यो ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ। विशेषगरी कोशी प्रदेशमा जोखिम अझै कायम रहेको भएकाले सुरक्षाकर्मीहरू संयुक्त रूपमा परिचालन भइरहेका छन्। काठमाडौंमा शनिबार मात्र १३० जना प्रहरी परिचालन गरिएको थियो भने १५ जनाको टोलीले र्‍याफ्टिङ बोटहरुसहित काठमाडौंका जोखिम क्षेत्रहरूमा उद्धार तथा सुरक्षा कार्यमा केन्द्रित भएर काम गरिरहेको छ। साथै, सातवटा प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरूले १२५ प्रतिशत स्ट्याण्डबाइ कायम राखेर मौसम प्रतिकूल अवस्थामा परिचालनका लागि तयार रहेको छ।

त्यस्तै, पहिरोमा पुरिएर बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्धार कार्य पनि निरन्तर जारी छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ