डा. सिके राउतको नेतृत्वमा जनमत पार्टीले नयाँ जनमत सङ्घ गठन गर्दै

जनकपुरधाम असोज १९ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले युवापुस्ताको मुद्दा र एजेन्डा लिएर नयाँ भातृ संगठन ‘जेनजी जनमत सङ्घ’ गठन गर्न लागेको जनाएको छ। पार्टीका अनुसार, यो सङ्घ युवाहरूको आवाजलाई सशक्त बनाउन तथा उनीहरूको अधिकार र मागहरूलाई अघि बढाउन स्थापना गरिनेछ।

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहले संघ गठनको प्रक्रिया सुरु भइसकेको जानकारी दिए। उनका अनुसार, यस सङ्घमा १८ देखि २८ वर्षसम्मका युवाहरूलाई सहभागी गराइनेछ। जेनजी पुस्ताले उठाएका महत्वपूर्ण विषयहरूलाई समेट्दै पार्टीले पनि नयाँ गणतन्त्रका आन्दोलन घोषणा गरिसकेको छ। उपाध्यक्ष कुशवाहले भने, “जेनजी पुस्ताका मुद्दा समेटेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री, निर्वाचनमा ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकाल’ जस्ता व्यवस्थाहरू, विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार, ३० हजार जेनजी युवालाई प्रदेश प्रहरीमा भर्ना, डिजिटल नेपाल, रोजगारी, स्वायत्त प्रदेश र सेवा प्रवाह जस्ता विषयलाई हाम्रो एजेन्डामा राखेका छौं।”

जनमत पार्टीले जेनजी जनमत सङ्घमार्फत युवाहरूको आवाजलाई राजनीतिक नेतृत्व र प्रशासनसम्म पु¥याउने योजना बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ