बाढीपहिरो अपडेट: इलाममा ३७ जनाको मृत्यु, देशभर मृतक संख्या ४९ पुग्यो

काठमाडौँ असोज १९ । शुक्रबार र शनिबार निरन्तर परेको वर्षाका कारण आएको पहिरो र बाढीमा परी ज्यान गुमाउनेहरूको संख्या ४९ पुगेको छ। नेपाल प्रहरीले दिउँसो साढे १ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको छ।

सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशमा देखिएको छ। इलाममा मात्र ३७ जनाले पहिरो र बाढीमा परी ज्यान गुमाएका छन्। त्यस्तै, उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६ जनाको मृत्यु भएको छ भने रौतहटमा ३ जनाले बाढीको कारण ज्यान गुमाएका छन्। अझै पनि प्रहरीले इलाममा १, बारामा १, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता भएको तथ्यांक सार्वजनिक गरेको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ।

प्रहरीले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि थप प्रयास तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ