सुनचाँदीको मूल्यमा उकालो यात्रा, बजारमा चहलपहल

काठमाडौँ असोज १९ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन ७,४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको छ।

महासंघका अनुसार सुनको मूल्यमा यस्तो तीव्र वृद्धि हालसम्मकै उच्च वृद्धिहरूमध्ये एक हो। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उकालो र डलरको भाउमा भएको चलायमानताको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष देखिएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेर २९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको मूल्य बढ्दा उपभोक्ताहरू भने अन्योलमा परेका छन्। गहना किन्ने योजना बनाइरहेका धेरै ग्राहकहरू ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर