मधेसमा भीषण वर्षा: सर्लाहीमा बागमती ब्यारेजका ३६ ढोका खोलियाे

जनकपुरधाम असोज १८ । मधेस प्रदेशमा भइरहेको लगातारको भारी वर्षाका कारण बागमती नदीमा पानीको सतह तीव्र गतिमा बढ्न थालेपछि सर्लाहीको कर्मैया स्थित बागमती सिँचाइ ब्यारेजका सबै ३६ ढोका शनिबार दिउँसो ३ बजेदेखि खोलिएका छन्। बाढी पूर्वानुमान महाशाखाले मधेसमा डुबानको उच्च जोखिम औँल्याएपछि सतर्कता अपनाउँदै ब्यारेजका ढोका खोलिएको हो। यसले तटीय क्षेत्रहरूमा सतर्कता बढाउनुपर्ने अवस्था सिर्जना गरेको छ।

एकैदिन २७० मिमी वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेसका विभिन्न जिल्लामा रेकर्ड स्तरको वर्षा भएको छ।

रौतहटको महेशपुरमा २४ घन्टामा २७०.४ मिमी

गौरमा २४३.६ मिमी

गरुडामा १९१.८ मिमी

बाराको कलैयामा २१०.६ मिमी

वीरगञ्जमा २२१.४ मिमी

पर्साको मुडली केन्द्रमा २३१.८ मिमी वर्षा मापन गरिएको छ।

राति अझ भारी वर्षाको पूर्वानुमान

विभागले शनिबार राति झन् ठूलो वर्षा हुने प्रक्षेपण गरेको छ। लगातारको वर्षाले बाढी, डुबान र भू–क्षयको खतरा बढेको भन्दै सरकार र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

डुबानको जोखिम

विशेष गरी रौतहट, सर्लाही, बारा, पर्सा र आसपासका क्षेत्र बाढी तथा डुबानको उच्च जोखिममा छन्। नदी आसपासका बस्तीमा पानी पस्यो भने स्थानीयलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ