देशभर असोज १९ र २० गते सार्वजनिक विदा हुने

काठमाडौँ असोज १९ । मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएसँगै नेपाल सरकारले असोज १९ र २० गते देशव्यापी सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार सरकारलाई दिएको संयुक्त सूचनामा असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिइएको थियो। यसै सन्दर्भमा गृह मन्त्रालयले सूचित गर्दै जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ।

विपद् पूर्वतयारीको उद्देश्यले बिदा
सार्वजनिक बिदा दिने निर्णयलाई सरकारले सावधानीका उपाय र पूर्वतयारीू को रूपमा लिएको स्पष्ट पारेको छ। सूचनामा भनिएको छ, वर्षाको कारण बाढी, डुवान, भू–क्षय, र सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले जनजीवन सुरक्षित राख्न यो निर्णय गरिएको हो। सरकारले नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन र सम्भावित जोखिम क्षेत्रहरूमा सचेत रहने आग्रह समेत गरेको छ।

सार्वजनिक तथा निजी क्षेत्रका कार्यालय, विद्यालय बन्द
बिदाका कारण असोज १९ र २० गते सार्वजनिक तथा निजी कार्यालय, विद्यालय, तथा अन्य संस्थाहरू बन्द रहनेछन्। अत्यावश्यक सेवा भने सञ्चालनमा रहने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर