सप्तरीमा एकैदिन भएका दुई दुर्घटनामा ३ जनाको मृत्यु

सप्तरी असोज १८ । सप्तरी जिल्लामा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। खड्क नगरपालिका र तिरहुत गाउँपालिकामा भएको दुर्घटनामा दुई मोटरसाइकल चालक र एक वृद्धा महिला ज्यान गुमाउनेमध्ये परेका छन्।

प्रहरीका अनुसार पहिलो दुर्घटना हुलाकी सडकखण्डअन्तर्गत खड्क नगरपालिका–११, बनौलीमा बिहान भएको थियो। बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकमा खड्क नगरपालिका–१०, बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र झापाको सुरुङगा नगरपालिका–७ निवासी २७ वर्षीय सोविन चौधरी रहेका छन्।

हायसको ठक्करबाट वृद्धाको मृत्यु

अर्को दुर्घटना तिरहुत गाउँपालिका–१, धनपुरीमा भएको हो। काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५८२ नम्बरको हायस भ्यानले बाटो काटिरहेकी ७० वर्षीया जगियादेवी पञ्जियारलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई तत्काल अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ठक्कर दिने हायस र चालक मदन श्रेष्ठ ९४००, धादिङ बेनिघाट रोराङ–४ का बासिन्दा,लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ