जनकपुरधाम असोज १७ । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।
खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको बस शुक्रबार बिहान लक्ष्मीनारायण माध्यमिक विद्यालय नजिकै दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमका अनुसार, दुर्घटनास्थलमै बर्दिबास–१० घर भइ ८० वर्षका चुल्हाई चौधरीको मृत्यु भएको छ भने सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षका प्रवेश खड्काको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएकामध्ये सबैलाई बर्दिबासका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।






