मधेसमा जेनजी आन्दोलनले २९७ कार्यालयहरूमा क्षति पुर्‍यायो

जनकपुरधाम असोज १६ । जेनजी आन्दोलनका क्रममा मधेस प्रदेशका ९० वटा प्रहरी कार्यालय र २०७ वटा सरकारी कार्यालयमा व्यापक तोडफोड र आगजनी हुँदा कुल रु सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीहरूले रु दुई करोड ६८ लाख ७८ हजार ३८० मूल्य बराबरका सवारी साधनसमेत जलाएका थिए। यसका कारण प्रभावित सबै कार्यालयहरू अहिले मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि फेरि आफ्नो ड्युटीमा फर्किसकेका छन्। प्रहरीले आगामी दिनमा सुरक्षा थप कडा गर्ने र यस्ता घटनाहरू दोहोरिन नदिन विशेष ध्यान दिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर