काठमाडौँ असोज १६ । जल तथा मौसम विज्ञान विभागले दशैंको दिनदेखि देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। विभागले बुधबार बिहान ८ बजे विशेष मौसम बुलेटिन जारी गर्दै सबै प्रदेशहरूमा बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ।
मौसम महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना विशेष रूपमा रहेको छ। दशैंको राति सबै प्रदेशमा मध्यम वर्षा हुने देखिएको छ भने भोलि पनि यस्तै अवस्था रहने अनुमान गरिएको छ।
तीन दिनको मौसम पूर्वानुमान;
असोज १६ गते बिहीबार; सबै प्रदेशमा बदली रहनेस कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना। कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा।
असोज १७ गते शुक्रबार; बदली रहने, पहाडी र तराईका थुप्रै स्थानमा वर्षा र मेघगर्जन हुने सम्भावना, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा।
असोज १८ गते शनिबार; बदली रहने, धेरै ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा, केही स्थानमा भारीदेखि अति भारी वर्षा पनि हुने सम्भावना।
मौसम विभागले भोलि र आगामी दिनहरूमा पनि भारी वर्षाको सम्भावना रहेको हुँदा सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।





