मिथिला क्षेत्रमा दशैं विशेष रावण वध कार्यक्रम आज

जनकपुरधाम असोज १६ । विजयादशमीको अवसरमा मधेसको मिथिला क्षेत्रमा आज ९बिहीबार० भव्य रावण वध उत्सव मनाइँदैछ। महोत्तरीको मटिहानी नगरमा वर्षौंदेखि परम्परागत रूपमा जारी रहेको यो उत्सव आज साँझ विशेष रूपमा आयोजना हुँदैछ।

मटिहानीको दुर्गा मन्दिर परिसरमा तयार गरिएको विशाल दशानन रावणको पुतलालाई मर्यादा पुरुषोत्तम श्रीरामले प्रतीकात्मक तीर प्रहार गरी वध गर्ने परम्परा अनुसार कार्यक्रम हुँदैछ। नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार साँझ सन्ध्याकाल अघि उत्सव सम्पन्न गरिनेछ। श्रीराम मिथिलाका ज्वाइँ भएको र सीताको हरण गर्ने रावणलाई दशमीका दिन वध गरेको धार्मिक विश्वासले यो उत्सव मैथिल समुदायको सांस्कृतिक पहिचानको रूपमा स्थापित हुँदै आएको छ। मटिहानी–७ निवासी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल भन्छन्, देवीले नवमीसम्म दैत्यहरूमाथि विजय प्राप्त गरेझैं, दशमीमा श्रीरामले रावणको वध गरेकाले यो पर्व दुबै परम्पराको प्रतीक हो।

धार्मिक साहित्यका नेपाली अनुवादक ध्रुव रायका अनुसार ‘दशहारा’ शब्द नै दश इन्द्रीयको दासत्वलाई हराउनेू अर्थमा प्रयोग हुने भएकोले श्रीरामको रावण वध यस पर्वको गहिरो अर्थ र महत्व बोकेको छ। उत्सवपछिको दिन विशाल रावण प्रतिमालाई बाजागाजासहित जलाशयमा विसर्जन गर्ने परम्पराले यो पर्वलाई अझ रंगीन बनाउने गर्छ। नगरप्रमुख मण्डल भन्छन्, “देवी उपासना हाम्रो आस्था हो, तर रावण वध हाम्रो सांस्कृतिक गौरव हो, जसमा सिंगो नगर एकजुट भएर सहभागी हुन्छ।”

प्रतिक्रिया
सम्बन्धित खवर