राष्ट्रपतिद्वारा मुलुकमा स्थायित्व र समृद्धिको कामना

काठमाडौँ असोज १६ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी–२०८२ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

बुधबार सार्वजनिक गरेको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा मनाइने दशैं पर्वले राष्ट्रिय एकता, मेलमिलाप र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै समग्र राष्ट्रको मेलमिलाप, सद्भाव र कल्याणको कामना गर्दछु, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन्।

उनले दशैं पर्वले सम्पूर्ण नेपालीमा सकारात्मक सोच र सहकार्यको भावना जागृत गराउने तथा विश्वभर शान्ति र मानव कल्याणको सन्देश फैलाउने विश्वास पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर