“मौसम पूर्वानुमान: बुधबार दिउँसो सबै प्रदेशमा बदली र वर्षाको संभावना”

काठमाडौँ असोज १५ । नेपाल मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसोदेखि सबै प्रदेशमा साधारणतया बदली हुने जनाएको छ। कोशी, बागमती, गण्डकी, मधेश लगायतका प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावनासमेत देखिएको छ। बुधबार राति पनि सबै प्रदेशमा बदली रहने अनुमान गरिएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र अन्य प्रदेशका पहाडी तथा तराई भूभागमा मध्यम वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।

महाशाखाले कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानहरूमा भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ। बुधबार बिहान देशभर मनसुनी र स्थानीय वायूको प्रभाव रहेको थियो जसका कारण विभिन्न भूभागमा मौसममा परिवर्तन आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ