दलित समुदायको घर भत्काउने सिरहाको वडाध्यक्ष पक्राउ, १३ जनाविरुद्ध जाहेरी

सिरहा असोज २० । दसैंको अवसरमा दुर्गा पूजाको क्रममा स्थानीय दलित समुदायसँग भएको विवादले तूल पकड्दा, कल्याणपुर नगरपालिका (८ का वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले शुक्रबार यादवलाई नियन्त्रणमा लिएको छ।

सिरहा प्रहरी प्रमुख एसपी अनन्तराज शर्माका अनुसार यस घटनामा वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको छ भने अन्य १३ जनाविरुद्ध आपराधिक उपद्रवको जाहेरी दर्ता गरी खोजी कार्य भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ कि वडाध्यक्ष यादवको टोलीले दलित समुदायको ऐलानी जग्गामा रहेको पाँचवटा घर तोडफोड गरेको छ। विवादका कारण स्थानीय सामाजिक सद्भावमा तनाव सिर्जना भएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि छानबिन गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ