काठमाडौँ असोज ६ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्री क्वार्टर नबसेर मन्त्रालयमै कोठा मिलाउन निर्देशन दिएका छन्।
पदभार ग्रहणपछि उनले सञ्चारकर्मीलाई मन्त्रालयमै सुत्ने व्यवस्था गर्ने र आफैं खाना पकाउने योजना रहेको बताएका छन्।सरकारी कामबाहेक गाडी प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएका पुनले ६ महिनामा सकेको काम गर्ने दाबी गरेका छन्।






