पर्सामा लागूऔषधको ठूलो कारोबार, १९ किलो चरेस बरामद

पर्सा असोज ६ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको पोखरिया नगरपालिका–७ स्थित जगतपुर गाउँबाट १९ किलोभन्दा बढी लागूऔषध चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरी बल विओपी प्रसौनी भठ्ठाबाट खटिएको टोलीले स्थानीय बाख्रा पाल्ने छाप्रोभित्र कालो झोलामा लुकाइराखिएको अवस्थामा चरेस फेला पारेको हो। बरामद गरिएको चरेसको तौल १९ किलो १२६ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

टोलीको नेतृत्व सशस्त्र प्रहरीका सहायक निरीक्षक चेतन बाह्रकोटीले गरेका थिए। चरेस बरामदपछि त्यसलाई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर