जेन–जी आन्दोलनको नाममा अराजकता बढ्यो : दोषीलाई कारबाहीको माग

काठमाडौँ असोज ४ । नेकपा एमालेका नेता ठाकुर गैरेले हालको जेन–जी आन्दोलनको नाममा राज्यका तीनै अंग — कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि आक्रमण गरिएको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गैरेले कानुनी शासन र लोकतान्त्रिक मूल्यको संरक्षण आवश्यक भएको बताए। ूयदि राज्यसंस्थामाथि सुनियोजित हमला भएको हो भने दोषीहरूलाई कानुन बमोजिम कारबाही हुनुपर्छ, उनले भने।

नेता गैरेले अहिलेको जटिल राजनीतिक अवस्थामा दलहरूले आत्मआलोचना गर्दै आफ्ना कमजोरी सच्याउनु पर्नेमा जोड दिए। साथै, जेन–जी पुस्ताले उठाएका विषयहरूलाई अवहेलना नगरी गम्भीरतापूर्वक लिनुपर्ने धारणा राख्दै उनले आन्दोलनका अगुवाहरूसँग संवाद गर्न पार्टी तयार रहेको संकेत दिए। मागहरू सुनुवाइका लागि जेन–जी अगुवाहरूलाई पार्टी कार्यालयमा आमन्त्रण गरेर विचार–विमर्श गर्नुपर्छ,ू गैरेको भनाइ थियो।

प्रतिक्रिया
सम्बन्धित खवर