प्रभु साहद्वारा प्रदेश र स्थानीय सरकारको खारेजीको माग

काठमाडौँ असोज ४ । आम जनता पार्टी आजपा का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान शासन प्रणालीलाई असफल र भ्रष्ट घोषित गर्दै, प्रदेश तथा स्थानीय सरकारहरू खारेज गर्नुपर्ने धारणा राखेका छन्।

शनिबार काठमाडौंमा सुरु भएको आजपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै साहले संविधान, शासन संरचना र राजनीतिक अभ्यासहरू नै गलत दिशातर्फ गइरहेका आरोप लगाए। उनका अनुसार मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रमाथि ठूला दलहरूको लुटतन्त्र हावी भइसकेको छ। साहले भने, “देशमा व्याप्त भ्रष्टाचार, कुशासन र लुटतन्त्रका कारण जनताको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ। यस्तो अवस्थालाई सुधार नगर्ने हो भने देश अझै ठूलो संकटमा जान सक्छ।”

उनले संघीयता खारेज गर्नुपर्ने पक्षमा भने नरहेको स्पष्ट पार्दै, भ्रष्ट सरकारको संरचना भने हटाउनुपर्नेमा जोड दिए। “सरकार होइन, संघीयतालाई बलियो बनाउनुपर्छ। तर वर्तमान सरकारहरू भ्रष्टाचारको पर्याय बनेका छन्, त्यसैले यिनीहरू खारेज गरिनुपर्छ,” उनले भने। साहले संविधान नै जनअपेक्षाअनुसार नबनिएको जिकिर गर्दै जनमत र आन्दोलनका मागलाई सम्बोधन गर्न आवश्यक परे संविधानसमेत संशोधन वा खारेज गर्नुपर्ने तर्क समेत प्रस्तुत गरे। उनको भनाइमा, भ्रष्ट नेताहरूलाई नहटाएसम्म मुलुकको विकास, स्थायित्व र जनताको हित सुनिश्चित हुन नसक्ने छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ