मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय

काठमाडौँ असोज ३ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले देशभरको मौसम सामान्य रूपले बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, यी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकीलगायत अन्य पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। रातिको समयमा पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना कायम रहेको छ।

मौसमविद्हरूले सम्भावित वर्षालाई ध्यानमा राख्दै पहिरो, बाढी तथा सवारी आवागमनमा सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर