काठमाडौँ असोज ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमाथि लागेको गम्भीर चोटका कारण १२ टाँका लगाइएको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन्।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, सभापति देउवा अहिले पनि सैनिक अस्पताल छाउनीमा उपचाररत छन्। चिकित्सकहरूले केही दिन थप अस्पतालमै राख्न सल्लाह दिएका कारण देउवा अझै केही दिन अस्पतालमै रहने छन्। विश्वकर्माले देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन्। यसअघि, जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवाको निवास बुढानीलकण्ठमा आन्दोलनकारीले आक्रमण गर्दा देउवा दम्पत्तिलाई घरबाट निकालेर कुटपिट गरिएको थियो र घरमा आगजनी भएको थियो।





