डा. रामवरण यादवद्धारा विषम परिस्थितिमा राष्ट्रिय एकता र संयमको आव्हान

काठमाडौँ असोज ३ । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गर्न सबै नेपालीलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन्। डा. यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासनलाई सम्मान गर्नुपर्ने बताए।

उनी भन्नुहुन्छ, “कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्नेछ। सबै नेपालीले मिलेर अघि बढ्नुपर्छ र गल्ती गर्नेले सजाय पाउनैपर्छ।” साथै उनले अहिलेको आन्दोलन गर्ने पुस्तालाई समेत वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न आग्रह गरे। डा. यादवको यो आह्वानले देशमा शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ