काठमाडौँ असोज ३ । जेनजी आन्दोलनपछिको पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ।
आन्दोलनको क्रममा प्रदर्शनकारीबाट हातपातमा परेका सभापति शेरबहादुर देउवा उपचाररत रहेकाले बैठकमा सहभागी छैनन्। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जनाएका छन्। जेनजी आन्दोलनले पार्टीको संगठन र नेतृत्वप्रति प्रश्न उठाइरहेका बेला बसेको यो बैठकमा नेतृत्वले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।






