दुई नेपालीको युक्रेनबाट उद्दार, नेपाल पठाउने तयारी

रौतहट असोज ३ । रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसी लामो समयदेखि युक्रेनको सेनाको नियन्त्रणमा रहेका थिए। उनीहरूलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरेर स्वदेश फर्काइँदैछ।

उनीहरूको उद्धारका लागि युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवसीय नेपाली संघ NRNA जर्मनी तथा अन्य सरोकारवाला निकायहरूले समन्वय गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार, गैरआवासीय नेपाली संघको सहयोगमा दुबै जना आज काठमाडौं आइपुग्ने कार्यक्रम छ। दुबै नेपाली नागरिक युद्धग्रस्त युक्रेनमा विभिन्न कारणले प्रवेश गरी फसेका थिए। हाल उनीहरू सुरक्षित अवस्थामा छन् र उद्धारपछि घर फर्कन लागेका हुन्।

यसबीच, युक्रेनस्थित नेपाली दूतावासका अनुसार, जोखिमका बाबजुद अहिले पनि केही नेपालीहरू युक्रेन प्रवेशको प्रयास गरिरहेका छन्। सिमावर्ती युरोपेली मुलुकमा पुग्ने आशामा नेपालीहरू वैदेशिक रोजगारी वा अन्य मार्गमा युक्रेन पुग्ने क्रम नरोकिएको दूतावासले जनाएको छ। सरकारले युक्रेन नजान सार्वजनिक अनुरोध गर्दै आएको भए पनि यथार्थमा जोखिमपूर्ण यात्राको प्रयास अझै रोकिएको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ