जेनजी आन्दोलनमा जलेकी नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

काठमाडौँ असोज २ । नेकपा एकीकृत समाजवादी का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ। गत भदौ २४ गते काठमाडौंको डल्लुस्थित घरमै जेनजी आन्दोलनका क्रममा उनीमाथि आगो लगाइएको थियो।

गम्भीर रूपमा घाइते चित्रकारलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार उनको देब्रे हात ४० प्रतिशत जलेको थियो। उपचारकै क्रममा थप इन्फेक्सन भएपछि चिकित्सकहरूले शल्यक्रिया गरेर उनको हात काट्नुपरेको जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर