काठमाडौँ असोज २ । प्रतिनिधिसभा विघटन भएपछि उत्पत्ति भएका र विचाराधीन ३० वटा विधेयकहरू निष्क्रिय भएका छन्। निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षा, भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयकहरू समेत निष्क्रिय भएका हुन्।
दुवै सभाबाट पारित भए पनि राष्ट्रियसभाबाट आएको सन्देशमा प्रतिनिधिसभाले निर्णय लिन बाँकी रहेको अवस्थामा निजामती सेवा विधेयक पनि निष्क्रिय भएको छ। अन्य विधेयकहरू पनि यस्तै अवस्थामा रहेका छन्। संविधान अनुसार प्रतिनिधिसभा विघटनसँगै विचाराधीन विभिन्न ३० विधेयकहरू निष्क्रिय भएको संसद सचिवालयले जनाएको छ।





