जनमत पार्टीद्वारा मुख्यमन्त्री सतिस सिंहविरुद्ध कारबाहीको माग

जनकपुरधाम असोज २ । जनमत पार्टी मधेस प्रदेशले मुख्यमन्त्री सतिस सिंहलाई पार्टी अनुशासन विपरीत काम गरेको आरोप लगाउँदै कारबाही गर्न माग गरेको छ।

पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले मुख्यमन्त्रीमाथि कारबाहीको माग गरिएको पुष्टि गरेका छन्। यादवका अनुसार, सतिस सिंहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ। महेश यादवले बताए अनुसार, मुख्यमन्त्री सिंहले पार्टीको निर्देश र अनुशासनलाई उल्लंघन गरेका कारण उनलाई केन्द्रीय कार्यालयमा कारबाहीको सिफारिस पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर