प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूतबीच द्विपक्षीय भेट

काठमाडौँ असोज २ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार शिष्टाचार भेट गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गरेको भोलिपल्टै चिनियाँ राजदूत सोङले भेट गरेका हुन्। भेटमा चीनले नेपाललाई हरेक किसिमको सहयोग गर्न तयार रहेको र नेपाली जनताको आन्दोलनप्रति समर्थन रहेको धारणा व्यक्त गरेका थिए। प्रधानमन्त्री कार्कीले पनि चीनसँग सहकार्य गर्न सरकार तयार रहेको र आवश्यक सहयोगको अपेक्षा रहेको बताएकी छन्।यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ