६ नेताको अल्टिमेटममा सिके राउतको कडा जवाफ: “पार्टी छोड्न यही अवसर हो”

जनकपुरधाम असोज १ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ६ नेताले २४ घण्टे अल्टिमेटम दिएपछि राउतले सामाजिक सञ्जालमार्फत पार्टी छोड्न चाहनेहरुलाई अवसरलाई उपयोग गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “यदि पार्टीमा अनुशासन पालना गर्न नसक्ने, नयाँ पार्टी खोल्न चाहने वा पार्टीलाई कमजोर बनाउनेहरु छन् भने यही सही मौका हो।”

डा। राउतले पार्टीलाई स्वच्छ, इमानदार र क्रियाशील सदस्यहरूबाट शुद्धिकरण गर्न सहयोग मागेका छन्। पार्टीभित्रको कमजोरी र नेतृत्वको पारदर्शिताको अभावका कारण उनीमाथि राजीनामा माग भएको छ। ६ नेताहरु — केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, युवा संघ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी संघ संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमले राउतको राजीनामा माग गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ