वीरगन्जमा पर्व लक्षित सुपथ मूल्य पसल सुरु

पर्सा असोज १ । चाडपर्वलाई लक्षित गर्दै वीरगन्जमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएका हुन्।

साल्ट ट्रेडिङका सूचना अधिकारी सञ्जयकुमार गुप्ताका अनुसार नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिइनेछ भने एक जनाले अधिकतम ६ किलो खरिद गर्न पाउने छन्। ग्राहकले प्रतिकिलो नुन २४ रुपैयाँमा किन्न सक्नेछन्। त्यस्तै, स्टिम जिरा मसिनो, अरुवा चामल तथा चिनीमा पनि प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ। २५ किलोको जिरा मसिनो चामल २१०० रुपैयाँ र सोना मन्सुली चामल १४५० रुपैयाँमा उपलब्ध हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ