च्यासलमा एमाले बैठकः जेनजी आन्दोलनका शहीदलाई श्रद्धाञ्जली अर्पण

काठमाडौँ असोज १ । जेनजी आन्दोलनपछि पहिलो पटक बुधबार नेकपा एमालेको बैठक पार्टीको ध्वस्त बनेको च्यासल कार्यालयमा बसेको छ। बैठकमा जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, पार्टीका जनसङ्गठन, सम्पर्क कमिटी, बागमती इन्चार्ज, अध्यक्ष र विभाग प्रमुखहरूको संयुक्त बैठक चलेको छ। बैठकमा असोज ३ गतेका लागि केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवसको तयारीबारे छलफल भएको छ। महासचिव शंकर पोखरेल लगायतका नेताहरू पनि बैठकमा सहभागी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर