महोत्तरी जलेश्वर नाकामा राजश्व सङ्कलनमा कमजोरी

जनकपुरधाम असोज १ । जिल्लाको प्रमुख व्यापारिक नाका मानिने जलेश्वर भन्सार कार्यालयमा राजश्व सङ्कलनमा निरन्तर गिरावट देखिएको छ। आन्दोलनको प्रभाव नभई गत आर्थिक वर्षदेखि नै यो गिरावट सुरू भएको भन्सार कार्यालयले जानकारी दिएको छ।

जलेश्वर भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेतका अनुसार चालु आर्थिक वर्षमा राजश्व सङ्कलन ४२ प्रतिशतले घटेको छ। पेट्रोलियम पदार्थको आयात भिठामोड नाकातर्फ सरेको र कोइला आयातमा कमी आएको कारणले राजश्व सङ्कलनमा प्रत्यक्ष असर परेको उनले बताए। साउन महिनामा २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा मात्र १३ करोड २३ लाख रुपैयाँ संकलन भएको थियो भने भदौ महिनामा झन् घटेर करिब ११ करोडमा सीमित भएको छ।

जलेश्वर नाका महोत्तरीको व्यापारिक केन्द्र भएकाले दैनिक रूपमा विभिन्न उपभोग्य र निर्माण सामग्रीको आयात–निर्यात हुँदै आएको छ। तर पेट्रोलियम पदार्थको आयातको रुट परिवर्तन र अन्तर्राष्ट्रिय बजारमा कोइलाको आपूर्तिमा आएको कमीले राजश्व सङ्कलनमा ठूलो असर पारेको छ। राजश्व सङ्कलनमा आएको यो गिरावट सरकारले राजस्व व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने संकेत मानिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ