सुनचाँदी सस्तो: बजारमा मूल्य घट्यो

काठमाडौँ असोज १ । आज बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले घटेर प्रतितोला २५५० रुपैयाँमा कायम भएको महासंघले जानकारी दिएको छ।यस गिरावटको कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा आएको अस्थिरता र स्थानीय बजारमा माग घट्नु रहेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर