दसैँको टीकाको शुभसाइत बिहान ११:५३ मा

काठमाडौँ भदौ ३१ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँ २०८२ का लागि प्रमुख साइतहरू सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा। शम्भु प्रसाद ढकालका अनुसार गठन, पूजाआजा र टीकाको साइत निर्धारण गरिएको हो।

समितिका अनुसार,

घटस्थापनाको साइत; असोज ६ गते, सोमबार बिहान ९;१३ बजे

विजयादशमी टीका को साइत; असोज १६ गते, बिहीबार बिहान ११;५३ बजे

ढकालले बताएअनुसार, उक्त साइतहरू वैदिक विधि, चन्द्रमाको चाल, नक्षत्र, तिथि र समयको विश्लेषणका आधारमा निर्धारण गरिएको हो।

घर–घरमा घटस्थापनादेखि विजयादशमीसम्मको तयारी सुरु

पञ्चाङ्ग समितिको साइत सार्वजनिक भएपछि दसैँको तयारी औपचारिक रूपमा थालिनेछ। घटस्थापनादेखि टीका, जमरा, पूजा र आशिष ग्रहण गर्ने परम्परा अनुसार नेपाली हिन्दू समुदायले दसैँ पर्व मनाउने गर्छन्। यस वर्ष टीकाको साइत मध्यान्हनजिकै परेकोले अधिकांश नेपालीले सोही समयमा टीका ग्रहण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर