काठमाडौँ भदौ ३१ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकहरूको सम्मानमा आउँदो बुधबार, असोज १ गते सेप्टेम्बर १७ देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा राष्ट्रिय शोकू मनाइने उल्लेख गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गर्न बुधबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।” यो निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट भएको हो। बिदा केवल नेपालभरका सरकारी कार्यालयहरू मात्र नभई, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा पनि लागू हुने बताइएको छ।






